काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ११.२२ प्रतिशतले बढेर १ हजार ८ सय ५८.७६ बिन्दुमा पुगेको छ । सोमबार पनि नेप्से सूचक २१.३० अंकले बढ्दै १ हजार ८ सय ४७ को विन्दुमा पुगेको थियो ।
सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा मंगलबार ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।
आज २ सय ८५ कम्पनीको ४३ लाख ३१ हजार २ सय २९ कित्ता सेयर ४० हजार ६ सय पटक किनबेच भएका छन् । यसैगरी, कारोबारमा आएको १ सय ४४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८३ कम्पनीको सेयरमूल्य घटेको छ । १२ कम्पनीको सेयरमूल्य मंगलबार यथावत रहेको छ ।
मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस संस्थाको सेयरमूल्य यस दिन ८.१६ प्रतिशतले बढेको छ । यसैगरी, सोनापुर मिनरल्स आयल कम्पनीको सेयरमूल्य पनि ५.२८ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
मंगलबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस संस्थाको सेयरमूल्य आज ८.२६ प्रतिशतले घटेको छ । यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य पनि ५.९९ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये १ उपसमूहको सेयरमूल्य घटेको छ । यस दिन निर्जीवन बिमा कम्पनी उपसमूहको सेयरमूल्य ०.१८ प्रतिशतले घटेको हो । यस दिन सबैभन्दा धेरै अन्य कम्पनी उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस उपसमूहको सेयरमूल्य १.३२ प्रतिशतले बढेको हो ।
मंगलबार ९ करोड १६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन बैंकको संस्थापक सेयर पहिलो स्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माछापुच्छ्रे बैंक र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।