Logo

चौधरी फाउण्डेनद्वारा राहत वितरण जारी, भूकम्पबाट पीडितका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने

चौधरी फाउण्डेनद्वारा राहत वितरण जारी, भूकम्पबाट पीडितका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने



काठमाडौं । चौधरी फाउण्डेसनले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य जारी राखेको छ । फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितका लागि तत्काल अत्यावस्यक राहत सामाग्री वितरण गरेको हो ।
फाउण्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको छ । फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्याएको हो । फाउण्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवस्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ । र, राहत वितरण कार्य जारी रहने फाउन्डेसनले जानकारी दिएको छ ।
फाउण्डेसन भूकम्पले घरविहिन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’ बनाउने भएको छ । भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहिन भएका भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्याउन फाउन्डेसनले जनाएको छ ।

यसले स्थानीय प्रशासन÷ स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्ने र यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तिय सहयोग गर्ने जानकारी दिएको छ । स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् । यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL