Logo

सुन–चाँदीको मूल्यमा गिरावट, कति छ बजार भाउ ?

सुन–चाँदीको मूल्यमा गिरावट, कति छ बजार भाउ ?



काठमाडौं । मंगलबार सुन–चाँदीको भाउ बुधबारको तुलनामा सस्तो भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलाको चार सय रुपैयाँले सस्तो भएको हाे । मंगलबारकाे दिन छापावाला सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ ।

सोमबार यसको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । मंगलबार तेजावी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार यसको मूल्य १ लाख १४ हजार ८ सय ५० रुपैयाँ थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार आउँदा १० रुपैयाँले घटेर एक हजार ४ सय ५ रुपैयाँ कायम भएको सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL