Logo

एनएमबी रिद्धि सिद्धि सिमेन्टको मुख्य लगानीकर्ता, ६ अर्व लगानीमा उद्योग स्थापना गरिने

एनएमबी रिद्धि सिद्धि सिमेन्टको मुख्य लगानीकर्ता, ६ अर्व लगानीमा उद्योग स्थापना गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएमबि बैक लिमिटेड रिद्धि सिद्धि सिमेन्ट कम्पनीको मुख्य लगानीकर्त्ता हुने भएको छ । एनएमबि बैकको अगुवाई रहने प्रोजेक्टमा हिमालयन बैकको सह(वित्तीयकरण तथा अन्य बैकहरु नेपाल बैक, नेपाल एसबिआई बैक, सेन्चुरी कमर्सियल बैक, लक्ष्मी बैक, सिभिल बैक, माछापुच्छरे बैक, प्रभू बैक तथा सोसाईटि डेभलपमेन्ट बैकहरुको समेतको लगानी रहने बताइएइको छ ।

रिद्धि सिद्धि सिमेन्ट कम्पनीको कुल लागत ६ दशमलव११ अर्व हुनेछ । जस मध्ये बैंकहरुको कुल ४ दशमलव ५८ अर्वको लगानी हुने बताइएइको छ । रिद्धि सिद्धि सिमेन्ट कम्पनी शंकर ग्रुप तथा अम्बे समुहको लगानी रहेको कम्पनी हो ।

उद्योगको उत्पादन क्षमता दैनिक दुई हजार मेट्रिक टन सिमेन्ट हुनेछ । त्यस्तै दैनिक दुई हजार दुई सय मेट्रिक टन क्लिंकर पनि उत्पादन हुनेछ

प्रतिक्रिया दिनुहोस्