Logo

राष्ट्रपतिको बुधबारदेखि तय युरोप भ्रमण स्थगित, कारण बन्यो जाजरकोट भूकम्प

राष्ट्रपतिको बुधबारदेखि तय युरोप भ्रमण स्थगित, कारण बन्यो जाजरकोट भूकम्प



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमणमा निस्कने कार्यक्रम स्थगित गरेका छन् । भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएका कारण कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो । सरकारले भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको थियो ।

तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL