Logo

निक्षेप संकलन र कर्जा प्रवाहमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा, कसले कति गरे ? (सूचीसहित)

निक्षेप संकलन र कर्जा प्रवाहमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा, कसले कति गरे ? (सूचीसहित)



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (असोज मसान्त) सम्म आउँदा वाणिज्य बैंकले ५१ खर्ब ५३ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४३ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन ।

यस अवधिमा सबैभन्दा धेरै निक्षेप संकलन गर्ने पहिलो बैंक ग्लोबल आइएमई बैंक रहेको छ भने सबैभन्दा कम निक्षेप संकलन स्ट्यान्डर्ट च्यार्टर्ड बैंकले गरेको छ । ग्लोबलले यस अवधिीमा ४ खर्ब ४३ अर्ब १ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस पछि सबैभन्दा निक्षेप संकलनमा अगाडि रहेको बैंक नबिल बैंक रहेको छ । यस बैंकले यस अवधिमा ४ खर्ब १४ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ निक्षप संकलन गरेको छ । यसैगरी, निक्षेप सबैभन्दा धेरै संकलन गर्ने तेस्रो बैंक एनआईसी एसिया बैंक रहेको छ । यस बैंकले यस अवधिमा ३ खर्ब ६३ अर्ब ६४ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

निक्षेप संकलनमा सबैभन्दा कमजोर स्ट्यान्डर्ट च्यार्टर्ड बैंकले यस अवधिमा १ खर्ब १९ अर्ब १० करोड ७ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । निक्षेप सबैभन्दा कम संकलन गर्ने दोस्रो वाणिज्य बैंक माछापुच्छ्रे बैंक रहेको छ । यस बैंकले असोज मसान्तसम्म १ खर्ब ४८ अर्ब ८५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

निक्षेप संकलन सूचीमा

यसैगरी, कर्जा लगानीमा पनि सबैभन्दा अग्रसर बैंक ग्लोबल आइएमई बैंक नै रहेको छ । ग्लोबल आइएमई बैंकले यस अवधिमा ३ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । यसैगरी, नबिलले ३ खर्ब ६३ अर्ब ३७ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । असोजसम्म सबैभन्दा कम कर्जा लगानी पनि स्ट्यान्डर्ट च्यार्टर्ड बैंकले नै गरेको छ । यस बैंकले ९२ अर्ब ९३ करोड ६० लाख रुपैयाँमात्र कर्जा लगानी गरेको छ ।

कर्जा लगानी सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL