Logo

लगानी कोषलाई दोश्रो बजारमा सहभागी गराइदै, सुझाव अनुरुप काम गर्न नेप्सेलाई निर्देशन दिइने

लगानी कोषलाई दोश्रो बजारमा सहभागी गराइदै, सुझाव अनुरुप काम गर्न नेप्सेलाई निर्देशन दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रुपमा दोश्रो बजारमा सहभागिता गराउने सन्दर्भमा कार्यकारी निर्देशकको संयोजकत्वमा प्राविधिक समिति ३ महिना अगाडि गठन गरिएकोमा समितिले प्रतिवेदन पेश गरिसकिएको र समितिको सुझाव अनुरुप कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिने क्रममा रहेको । बजारमा स्थायित्व कायम गर्ने उद्देश्यले लगानी कोषलाई दोश्रो बजारमा सहभागि गराउन प्राविधिक पक्षको अध्ययन गर्न बोर्ड गर्न समिति तयार गरेको हो ।

बुधवार एक कार्यक्रमवीच पूँजी बजारमा भएको प्रगतीको समिक्षा गर्दै यस्तो जानकारी दिइएको हो । साथै विगत ८ वर्षदेखि समान रहेको र दक्षिण एशियामा नै उच्च रहेको कारोवार शुल्क ढिलै भएपनि विभिन्न अवरोधका बाबजुत ४० प्रतिशतसम्म कटौती गरिएको सेवोनले जानकारी दिएको छ । यसले परिणामस्वरुप दोस्रो बजारको लगानीकर्तामा सकारात्मक प्रभाव परी उनीहरुमा एक किसिमको उत्साह थपिएको बताइएको छ ।

त्यस्तै धितोपत्र बजारको एक महत्वपूर्ण अङ्गको रुपमा रहेको ओटिसि बजारको विस्तार गर्नको लागि बोर्डले गरेको पहल अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल स्टक एक्सचेन्जको सक्रियतामा हाल यो बजार सक्रिय रहेको बताएको छ । साथै यसलाई अझ गतिशिल बनाउन सम्बन्धित पक्षबाट प्राप्त भएको गुनासाहरुलाई दृष्टीगत गर्दै हालको कारोबार शुल्कमा ९० प्रतिशतसम्म कटौति गरि उक्त बजारमा हुने कारोबारलाई थप प्रोत्साहन गरिएको छ ।

हालको ब्रोकर व्याक अफिस प्रणालीलाई सुधार तथा विस्थापित गरी नयाँ प्रणाली विकास गर्न आवश्यक देखिएकोले सो सम्बन्धी कार्य तत्काल अघि बढाउन नेपाल स्टक एक्सचेन्ज लि.लाई निर्देशन दिइएको छ । एशोसिएसन अफ नेशनल नम्वरिङ एजेन्सिज (आना) को ९२ औं सदस्य भएको र इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज (आइओएससिओ) को सदस्यताका लागि प्रक्रिया अघि बढाइएको छ ।

आनाको सदस्य भएपश्चात् विश्वभरका लगानीकर्तामाझ नेपालको धितोपत्र बजारको पहिचान स्थापित हुने, वित्तीय साधन पहिचान सम्बन्धी अन्तराष्ट्रिय स्तर विकासको अवसर प्राप्त हुने तथा अन्य सदस्यको क्ष्क्क्ष्ल् लगायत तथ्याङ्कहरुमा सहज पहँुच हुने जस्ता महत्वपुणए फाइदाहरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्