Logo

ट्रेड सम्वन्धी एक दिने तालीम सम्पन्न, पत्रकारलाई ट्रेडका विविध आयामका बारेमा जानकारी

ट्रेड सम्वन्धी एक दिने तालीम सम्पन्न, पत्रकारलाई ट्रेडका विविध आयामका बारेमा जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वाणिज्य मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारहरुका लागि एक दिने ट्रेडसम्बन्धी तालीमको आयोजना गरेका छन् । बुधवार राजधानीमा आयोजित सो तालीममा करीब ४० जना पत्रकारको सहभागिता रहेको थियो ।

तालीम कार्यक्रममा वाणिज्य मन्त्रालयका सचिव नइन्द्रप्रसाद उपाध्याय, सहसचिव तोया नारायण ज्ञवाली, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. स्वर्णिम वाग्ले, सेजनका अध्यक्ष गोकर्ण अवस्थीलगायतले पत्रकारहरुलाई ट्रेडका विविध आयामका बारेमा तालीम दिएका थिए । खास गरी ट्रेडबाट कसरी गरिवी निवारण गर्नुपर्छ भन्ने बारे जानकारी दिइएको थियो ।

सो अवसरमा वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव नयन्द्रप्रसाद उपाध्यायले हतारमा अपुष्ट समाचार लेख्दा पाठकसामु गलत सूच्ना पुग्ने भएकोले कम्तिमा स्रोतसँग भेरिफाइ गर्नु आवश्यक रहेको बताए । त्यस्तै उनले अन्य राष्ट्रहरुमा सम्वन्धित विषयबारे बुझेर समाचार लेख्दा समाचार पठनिय हुने बताए । त्यसैगरी नेपालबाट निर्यात् हुने बस्तुको संख्या तथा गुणस्तर बढाएमा देशको अर्थतन्त्र बलियो हुने धारणा राखे ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले नेपाल व्यापार एकिकरण नीति (एनटीआइएस) वस्तु तथा सेवाको छनोट प्रक्रिया बारे जानकारी दिए । साथै उनले नेपाली बस्तुको निर्यातको अवस्थालगायतको जानकारी दिए ।

कार्यक्रममा आर्थिक पत्रकार समाज सेजनका अध्यक्ष गोकर्ण अवस्थिले ट्रेड सम्वन्धि समाचारका विषयहरुबारे जानकारी दिए । ट्रेड सम्वन्धी समाचार कसरी लेख्ने र कस्ता विषयलाई उठान गर्ने बारे बताएका थिए ।

सो अवसरमा योजना आयोगका डा.स्वर्णीम वाग्लेले ट्रेडमा प्रतिशपर्धा गर्न सके अर्थतन्त्र पनि वलियो हुने बताए । साथै उनले डाटाबाट कसरी समाचार बनाउने भन्ने बारे जानकारी दिए । साथै डाटालाई रोचक ढंगले प्रयोग गर्ने तथा एउटा तालिका वा पाइचार्टमा बुझिने गरी धेरै सूचना दिने बारे बताए ।

सो अवसरमा युरोपियन युनियनका एन्ड्रियाज रोट्टेगर र डिपीएसडी प्रोजेक्टका टिम लिडर अखिम जाइलरलगायतले ट्रेट तथा त्यससँग सम्वन्धित विषयबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्