Logo

सिबिफिनले भूकम्प प्रभावितको लागि १० लाख सहयोग गर्ने

सिबिफिनले भूकम्प प्रभावितको लागि १० लाख सहयोग गर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट प्रभावितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सिबिफिन भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनकोतर्फबाट तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा हो ।

सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको वारेमा जानकारी लिएको र तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउनको लागि सहयोग गरेको हो । सिबिफिनले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्