Logo

विश्वकप छनोटको फाईनलमा नेपालले ओमानलाई दियो १ सय ८५ रनको लक्ष्य

विश्वकप छनोटको फाईनलमा नेपालले ओमानलाई दियो १ सय ८५ रनको लक्ष्य



काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानलाई नेपालले १ सय ८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।

विश्वकपमा पुगेपछि नेपाल र ओमान छनोट प्रतियोगिताको उपाधिका लागि खेलिरहेका हुन् । एसिया क्षेत्रबाट यसपटक नेपालले यूएईलाई ८ तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै २०२४ को जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाए ।

अब यी दुई टिम छनोट प्रतियोगिताको फाइनल पनि जित्दै सुखद अन्त्य गर्न चाहन्छन् । नेपालले समूह चरणमा तीनमध्ये दुईमा जित र एक खेलमा पराजय व्यहोरेको छ । ।

प्रतिक्रिया दिनुहोस्
MBL