काठमाडौं । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा उपाधिका लागि आज ९आइतबार० नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
बिहान ११ बजेदेखि सुरु हुने खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । यसअघि ‘ए’ समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।
शुक्रबार भएको सेमिफाइन खेलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाइएको थियो । फाइनलमा पुग्दै नेपाल र ओमान दुवै टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएका छन् ।