Logo

क्यानको घोषणा-भोली हुने फाइनल खेलको टिकट बिक्रिवाट प्राप्त ५० प्रतिशत रकम भूकम्पपीडितलाई

क्यानको घोषणा-भोली हुने फाइनल खेलको टिकट बिक्रिवाट प्राप्त ५० प्रतिशत रकम भूकम्पपीडितलाई



काठमाडौं । नेपाल क्रिकेट संघले भोली हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्पपीडितलाई दिने भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।

‘आइसिसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमानबिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ । क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL