Logo

जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा कमाए ४० अर्ब ८० करोड, कसले कति संकलन गरे ?

जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा कमाए ४० अर्ब ८० करोड, कसले कति संकलन गरे ?



काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोजसम्म ४० अर्ब ८० करोड बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार १४ कम्पनीले ४० करोड ८० लाख १६ हजार रुपैयाँ आर्जन गरेका हुन् ।

जसमध्ये सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । चालु आवको पहिलो ३ महिनाको अवधिमा यो कम्पनीले १५ हजार ९ सय बढी बीमालेखमार्फत १० अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

यस्तै धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको दोस्रो स्थानमा भने एलआइसी नेपाल रहेको छ । यो कम्पनीले पनि यो अवधिमा कम्पनीले ७ लाख बढी बीमालेख जारी गर्दै ४ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यस्तै यसै अवधिमा हिमालयन लाइफले ४ अर्ब ३८ करोड, नेशनल लाइफले ४ अर्ब १९ करोड, राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै बीमा प्राधिकरणका अनुसार पछिल्लो ३ महिनामा सूर्यज्योति लाइफले २ अर्ब ३० करोड, एशियन लाइफले १ अर्ब ८६ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड, सिटिजन लाइफले १ अर्ब ५० करोड, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ आर्जन गरेका छन् ।

यस्तै प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छन् । यस अवधिसम्म कुल १ करोड ३८ लाख ६४ हजार बीमालेख सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL