काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल चीनमा आयोजना हुने अन्तरराष्ट्रिय आयात मेलामा सहभागि हुने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई उक्त मेलामा सहभागि हुनका लागि स्वीकृति दिएको हो ।
चीनको संघाईमा हुने उक्त छैठौं चीन अन्तरराष्ट्रिय आयात मेलामा उनी सहभागी हुने भएका हुन् । यस्तै हिजो बसेको मन्त्रिपरिषदको बैठकले दुई जनाको नागरिकता खारेज गर्ने, अमेरिकामा आयोजना हुने भ्रष्टाचार सम्बन्धी कार्यक्रममा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई जान दिनेलगायतका निर्णयहरु गरेको छ ।