Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य ओरालो

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य ओरालो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य बिहीबारको तुलनामा प्रतितोला १५ रुपैयाँले ओरालो लागेर प्रतितोला १३ सय ९० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्