काठमाडौँ । टी–२० विश्वकप छनौट अन्तर्गत एशिया क्षेत्रको सेमिफाइनलका खेल आज हुदै छन् । सेमिफाइनलमा ओमान र बहराइन तथा युएई र नेपालले प्रतिष्पर्धा गर्दै छन् । ओमान र बहराइनबीचको खेल टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुदै छ भने युएई र नेपालबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि नै शुरु हुदै छ ।
आजको खेल जितेर फाइनलमा पुग्ने देशले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् । ओमानले समुह ए मा समुह विजेता हुदै सेमिफाइनलआमा आफ्न ओस्थान सुरक्षित गरेको हो । ओमान समुह ए का तिनै खेलमा ओमानले जित हासिल गरेर ६ अंकसहित सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै बहराइनले भने समुह चरणमा केवल एक खेल जितेर पनि सेमिफाइनलको यात्रा तय गरेको छ । ३ खेलमा २ अंक हासिल गरेको बहराइनले सामना अंक भएका हङकङ र कुवेतलाई नेट रनरेटमा झिनो अन्तरले पछि पार्दै समुह उपविजेता बनेको थियो । त्यसैगरी युएईले समुह बी का तिनै खेलमा जित हासिल गरेर ६ अंकसहित समुह विजेता हुदै सेमिफाइनलमा स्थान बनाएको हो भने नेपाल समुह ए मा २ खेल जितेर ४ अंकसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।
क्यानको अपिल–नेपाल र युएईबीचको सेमिफाइनल हेर्न मुलपानी नआउनु, घरबाटै हेर्नु
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार हुने नेपाल र युएईबीचको टी–२० विश्वकप छनौटको सेमिफाइनल खेल घरमै बसेर हेर्न अनुरोध गरेको छ । सो खेलका लागि केवल ३५ सय टिकट अनलाइन मार्फत बिक्रीका लागि राखिएको जानकारी दिदै क्यानले सकेसम्म सो खेल घरमै बसेर हेर्न आग्रह गरेको छ ।
साथै क्यानले मुलपानी क्रिकेट मैदानमा हुने सो खेलका लागि अतिथिहरुका लागि पास वितरण समेत नगरिएको स्पष्ट गरेको छ । मुलपानी क्रिकेट मैदानमा दर्शकका लागि खेल हेर्न पर्याप्त र सहज ठाउ नहुदा क्यानले यस्तो अपिल गरेको बुझिएको छ ।