Logo

बेष्ट रेमिट र बौद्ध ग्रामिण माइक्रोफाइनान्सबीच सम्झौता, माइक्रोफाइनान्सका शाखाबाट भुक्तानी लिन सकिने

बेष्ट रेमिट र बौद्ध ग्रामिण माइक्रोफाइनान्सबीच सम्झौता, माइक्रोफाइनान्सका शाखाबाट भुक्तानी लिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बेष्ट रेमिट नेपालले सुर्खेतमा केन्द्रिय कार्यालय रहेको बौद्ध ग्रामिण माइक्रोफाइनान्ससँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौता गरेको छ । सम्झौता पत्रमा बेष्ट रेमिटकाबाट अप्रेशन म्यानेजर प्रदिप श्रेष्ठ र बौद्ध ग्रामिण माइक्रोफाइनान्सको तर्फबाट सेक्रेटरी महतराले हस्ताक्षर गरे ।

सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स रकम बौद्ध ग्रामिण माइक्रोफाइनान्सका १८ वटै शाखाबाट भुक्तानी लिन सकिने भएको छ ।
पछिल्लो समय ग्रामिण क्षेत्रमा आफ्नो सेवा विस्तारलाई तिब्रता दिने क्रममा मध्यपश्चिमाञ्चल क्षेत्रमा शाखा संजाल रहेको बौद्ध माइक्रोफाइनान्ससँग यो सम्झौता गरिएको अप्रेशन म्यानेजर श्रेष्ठले जानकारी दिए ।

विश्वका विभिन्न मुलुकबाट स्वदेशमा रेमिट्यान्स भित्राइरहेको बेष्ट रेमिट गैरआवासीय नेपालीहरुद्धारा प्रवद्धित संस्था हो । बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ ।

बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरि रेमिट्यान्स कारोवार बढाइरहेको जानकारी दिएको छ ।

बौद्ध ग्रामिण माइक्रोफाइनान्ससँगको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २५ सयभन्दा बढी एजेण्ट, सब एजेण्ट तथा बैंकबाट भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्