Logo

निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो, यस्ता छन अन्य सूचक

निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो, यस्ता छन अन्य सूचक



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड ३८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ थियाे ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारको प्रभाव नाफामा परेको छ । तीन महिनामा कम्पनीले ७० करोड १५ लाख ४५ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिमा ६५ करोड ५७ लाख रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन नाफा ५४ करोड ९ लाख ७० रुपैयाँबाट बढेर ५९ करोड ११ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीकोे जगेडा कोषमा २ अर्ब ५९ करोड ६६ लाख ३३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ०२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्