Logo

सुन–चाँदीको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

सुन–चाँदीको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?



काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख १५ हजार ७ सय रुपैयाँ कायम भएको छ । बुधबार यसको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

बिहीबार छापावाला सुनसँगै तेजावी सुनको मूल्य पनि बढेको छ । यस दिन तेवाजी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैयाँले नै बढेर १ लाख १५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४ सय ५ रुपैयाँ पुगेको छ । बुधबार यसको मूल्य प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँ थियो ।

पछिल्लो केहि दिन यता लगातार उच्चअंकले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य अघिल्लो दुई कारोबार दिन भने दुई हजार रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्