काठमाडौं । नागरिक लगानी कोषले व्यवसायकि भवन बनाउने भएको छ । संसद भवनको पुर्वपट्टि रहेको ६ रोपनी जमिनमा भवन बनाउन लागेको हो । कोषको सबै कारोबार एउटै छानामुनी गर्ने उद्देश्यसहित व्यवसायिक भवन बनाउनेतर्फ कोष अघि बढेको बताइएको छ ।
कोषले भवन बनाउनका लागि नक्सा पास लगायतका सबै प्रक्रिया पुरा गरिसकेको छ ।
कोषका अनुसार यो व्यवसायिक भवन बनाउँदा ६ लाखभन्दा बढि सहभागी लाभान्वित हुनेछन् । अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी भवन बनाउने हुँदा यसले दीघकालीन रुपमा कोष र सेवाग्राहीलाई लाभ पु¥याउने कोषको विश्वास छ ।