Logo

टी-२० विश्वकप छनौटमा नेपालको विजयी शुरुवात, सिंगापुर ८ विकेटले पराजित

टी-२० विश्वकप छनौटमा नेपालको विजयी शुरुवात, सिंगापुर ८ विकेटले पराजित



काठमाडौँ । नेपालले टी–२० विश्वकपको एशिया क्षेत्रको छनौटमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको छनौट खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ७४ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले अविजित ३५ रन र कुशल मल्लले अविजित ६ रन बनाए । त्यस्तै ओपनर आसिफ सेख २७ रन बनाएर आउट भएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको थियो । सिंगापुरका लागि रोहन रंगराजनले सर्बाधिक ४६ रन बनाए भने मनप्रित सिंहले २४, आर्यावीर चौधरीले ३७ रन अक्षय पुरीले १३ बनाएका थिए । सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २–२ विकेट लिएका थिए । अब नेपालले समुह ए अन्तर्गतको अर्को खेलमा मंगलबार मलेसियासँग खेल्ने छ । यो खेल टियु मैदानमा अपराहन्न १ः१५ बजेदेखि शुरु हुनेछ । त्यस्तै सिंगापुरले मंगलबार ओमानको सामना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL