Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । पछिल्लो समय लगातार उकालो लागेर प्रतिदिन नयाँ रेकर्ड बनाईरहेको सुनको मूल्य सोमबार भने ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको सुन आज घटेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्