Logo

सेजन र हिमालयन बैंकवीच आर्थिक पत्रकारिता फेलोसिप सम्झौता, यसै बर्षदेखि लागु

सेजन र हिमालयन बैंकवीच आर्थिक पत्रकारिता फेलोसिप सम्झौता, यसै बर्षदेखि लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक पत्रकारिता लेखनवृत्ति (फेलोसिप) स्थापना गर्ने बारे सम्झौता भएको छ । चार विधामा प्रदान गर्ने गरी स्थापना हुन लागेको फेलोसिप सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जवरा र सेजनका अध्यक्ष गोकर्ण अवस्थीले आइतबार आयोजित कार्यक्रममा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रिन्ट (अंगे्रजी र नेपाली ), विद्युतीय माध्यम ( रेडियो टेलिभिजन ) र अनलाइनमा कार्यरत एक /एक जना आर्थिक पत्रकारलाई फेलोसिप प्रदान गरिने बताइएको छ । एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप नाम रहने उक्त फेलोसिपको राशी एक विधाका लागि रु ५० हजार हुनेछ । यो बार्षिक कार्यक्रममा रुपमा रहने बताइएको छ ।

यसका लागि हिमालयन बैंकले २ लाख रुपैया सेजनलाई प्रदान गर्ने छ । यसैगरि सञ्चालन खर्चका लागि बैंकले रु ३० हजार सेजनलाई प्रदान गर्नेछ । फेलोसिप यसै बर्षदेखि लागु गरिने भएको हो ।

फेलोसिप सञ्चालनका लागि एक एचबिएल सेजन आर्थिक पत्रकारिता जुरी गठन गरिने बताइएको छ । सेजन अध्यक्षको संयोजकत्वमा गठन हुने उक्त जुरीमा सेजन कार्यसमितिले चयन गरेका एक जना सेजन पुर्व अध्यक्ष र बैंकका प्रमुख कार्यकारी अधिकृतले नियुक्त गरेका एक जना प्रतिनिधि रहने सेजनले जानकारी दिएको छ । उक्त जुरी टिमले फेलोसिपको कार्यविधि बनाउनेछ ।

उक्त कार्यविधिको अधिनमा रहेर सेजनले हरेक बर्ष फेलोसिपका लागि प्रस्ताव माग गर्ने समेत जानकारी दिएको छ । उक्त प्रस्तावमा छलफल गरि छनौट गर्ने अधिकारी उक्त जुरीलाई नै रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्