Logo

निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न रोक लगाएकोमा चेम्वरको आपत्ती,पूर्व निर्णय कायम गर्न माग

निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न रोक लगाएकोमा चेम्वरको आपत्ती,पूर्व निर्णय कायम गर्न माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गर्न बाट रोकेकोमा नेपाल चेम्वर अफ कमर्सले दुःख व्यक्त गरेको छ । सरकारले पेट्रोलियम तथा ग्यास कारोवार नियमन आदेश २०६९ खारेज गरी निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न नदिएको भन्दै दुःख व्यक्त गरेको हो ।

आयातकर्ता कम्पनीहरुको छनौट समेत गरिसकेको सन्दर्भमा कारोवार नियमन आदेश २०६९ को खारेजीले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ पैठारीबाट बञ्चित गरी पुनः सरकारको एकाधिकार कायम गरेको छ । ‘खुलाबजार अर्थतन्त्रमा सरकारले व्यापार नगरी नियमन मात्रै गर्दछ ’ विज्ञप्तिमा भनिएको छ ।

विगत ५० वर्षदेखि पेट्रोलियम पदार्थको कारोवार गर्दै आईरहेको सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमको एकाधिकारले पेट्रोलियम पदार्थको सहज तथा सरल आपूर्तिमा समय समयमा समस्या सिर्जना भईरहेको छ ।

चेम्वरले अन्तरराष्ट्रिय बजारमा मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य समायोजन नगरी अनुचित फाईदा लिएको र करोडौं बोनस वितरण गर्ने तयारी गरेको दावी गरेको छ ।

निजी क्षेत्रलाई आयातको अनुमति दिँदा भण्डारण क्षमता वृद्धि हुने, आपूर्ति व्यवस्था सहज र सरल हुने प्रतिष्पर्धी मूल्यका कारण उपभोक्तालाई राहत पुग्ने भएकोले पूर्व निर्णयलाई कायम गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्