Logo

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, प्रतितोला १ लाख १७ हजार पुग्यो

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, प्रतितोला १ लाख १७ हजार पुग्यो



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो । यसअघि गएको शुक्रबार मात्रै नेपाली बजारमा सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो शनिबार पनि सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढाएर १ लाख १७ हजार रुपैयाँ पुर्याएको थियो । आज आईतबार पनि सुनको मूल्य स्थिर हुँदा सोही मूल्यमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्