Logo

सडकमा जुधेका साँढे घरमा पसे, किचिएर महिलाको मृत्यु

सडकमा जुधेका साँढे घरमा पसे, किचिएर महिलाको मृत्यु



काठमाडौँ । मोरङमा साँढेले किचेर एक महिलाको ज्यान गएको छ । जहदा गाउँपालिकामा भाग्दै घरमा पसेको साँढेले किचेर ६० वर्षीया घुर्नी खातुनको ज्यान गएको हो ।

सडकमा दुई साँढे जुधेपछि एउटा भागेर घरमा पसेको स्थानीय सतिश राजवंशीले जानकारी दिए । सडक नजिक रहेको घरको आगनमा बसिरहेको अवस्थामा साँढेले किचेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते खातुनलाई विराटनगरका कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । महिलाको मृत्यु भएपछि परिवार र छिमेकीहरूले उपचारमा लापरवाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी समेत गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL