Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय



काठमाडौं । सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य तोलाको एक हजार ८ सय रुपैयाँले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज जेजावी सुनको मूल्य पनि १ हजार ८ सय रुपैयाँले नै बढेर १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ पुगेको हो ।

आज अन्तरराष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि यसको मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्