Logo

क्लिन फिड नीति अवलम्बन गर्ने सरकारको निर्णयमा आनको स्वागत, व्यवसायीलाई राहत

क्लिन फिड नीति अवलम्बन गर्ने सरकारको निर्णयमा आनको स्वागत, व्यवसायीलाई राहत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा प्रशारित विदेशी च्यानलहरुको विज्ञापनमा क्लिन फिड नीति अवलम्बन गर्ने सरकारको निर्णयको नेपाल विज्ञापन सङ्घ (आन)ले स्वागत गरेको छ । सःशुल्क (पे च्यानल) टेलिभिजन च्यानलहरुले नेपालमा कार्यक्रम प्रशारण गर्दा क्नि फिड कार्यक्रम मात्र प्रशारण गर्नु पर्ने नीति लागू भएकोमा आनले सरकारलाई धन्यबाद ब्यक्त गरेको छ ।

साथै नेपाली विज्ञापन व्यवसायीहरुले वर्षौं देखि माग गर्दै आएको कुा पुरा भएकोमा खुशी व्यक्त गरेका छन् । उक्त विषय लागू हुंदा नेपाली सञ्चार माध्यम, विज्ञापन व्यवसाय, उपभोक्ता एवम् अन्य सरोकारवालाहरुलाई राहत मिलेको आनले बताएको छ ।

हाल विदेशी च्यानलहरुले नेपालबाट विज्ञापन तथा मासिक शुल्क दुवैबाट दोहोरो आय गरिरहेका थिए । जसबाट नेपाली च्यानल र व्यवसायी मारमा पर्दै आएका थिए । विदेशी विज्ञापन विना शुल्क नेपालमा प्रशारण हुंदा नेपाली विज्ञापन बजार प्रभावित बनेको सङ्घको भनाई छ । क्लिन फिड लागू भएपछि विदेशी विज्ञापन हटेर नेपाली मौलिकपना आउनुका साथै राज्यलाई राजस्व पनि प्राप्त हुने विश्वास गरिएको छ ।

सङ्घले सरकारको यो निर्णयले नेपाली विज्ञापन व्यवसायीहरुको मात्र नभै नेपाली टिभि, एफएम, पत्रपत्रिका, अनलाइन लगायतको आयमा बृद्धि हुने आनले बताएको छ । साथै यसले विज्ञापन व्यवसायसँग सम्बन्धित रहेका अन्य क्षेत्रको पनि कारोबारमा बृद्धि गराइ रोजगारीको समेत अवसर प्राप्त हुने आनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्