Logo

आर्थिक विधेयक पारित नभएपनि अर्थतन्त्रमा ठूलो प्रभाव नपर्ने, ऋण लिन सकिने

आर्थिक विधेयक पारित नभएपनि अर्थतन्त्रमा ठूलो प्रभाव नपर्ने, ऋण लिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका अर्थविद्ले बजेट आर्थिक विधेयकहरु असफल भए पनि देशको अर्थतन्त्रमा खासै ठूलो प्रभाव नपर्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा शुक्रबार व्यवस्थापिका संसदबाट विधेयक असफल भएपनि अर्थतन्त्रमा ठूलो प्रभाव नपार्ने बताएका हुन् ।

अर्थविद्हरुले विनियोजन विधेयक पारित भइसकेको र सामूहिक कर असुली ऐन, २०१२ को अधीनमा रही नयाँ बन्ने सरकारले छ महीनासम्म काम गर्न सक्ने कानूनी अवस्था रहेको बताए । साथै आन्तरिक ऋण उठाउन नसक्ने अवस्था भए पनि बाह्य ऋण रू सवा खर्बसम्म उठाउन सक्ने बताइएको छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा गोविन्द नेपालले आर्थिक विधेयक पारित नभएकाले आन्तरिक ऋण उठाउन नमिल्ने बताउँदै तर बाह्य ऋणको सन्दर्भमा संशोधन प्रस्ताव मात्र सदनमा पेस भएको र हालको ऐन बाँकी नै रहेको स्पष्ट पारे । सो ऐन अनुसार पनि रू. ३ सय ८० अर्ब बाह्य ऋण लिन सकिने अवस्था रहेको उनले बताए ।

त्यस्तै पूर्वअर्थसचिव रामेश्वर खनालले सरकारको नीति तथा कार्यक्रम पारित भइसकेकाले सरकारलाई पैसाको खाँचो परेको बेला रू.२३ अर्बसम्म ओभरड्राफ्ट लिएर पैसा खर्च गर्नसक्ने अवस्था रहेको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले देशमा रू।१० खर्ब ५० अर्बको बजेट आइसकेकाले केही यस्ता घटनाले जनमानसमा भ्रम उत्पन्न हुन सक्नेमा राजनीतिक दल सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्