Logo

वित्तीय क्षेत्रमा अन्तरराष्ट्रिय मापदण्डको लेखा प्रणाली लागू गरिदै, आर्थिक प्रगतिलाई विश्वसनीय बनाउने उद्देश्य

वित्तीय क्षेत्रमा अन्तरराष्ट्रिय मापदण्डको लेखा प्रणाली लागू गरिदै, आर्थिक प्रगतिलाई विश्वसनीय बनाउने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वित्तीय प्रणालीमा नेपालले अन्तरराष्ट्रिय मापदण्डको लेखा प्रणाली लागू गर्ने तयारी गरिरहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताएका छन् ।

नेपाल चार्टर्ड एकाण्टेन्टस एशोसिएशनको पद हस्तान्तरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै नेपालको आर्थिक प्रगतिलाई विश्वसनीय बनाउन सो प्रणाली लागू गर्न लागिएको जानकारी दिए । कुनै पनि संस्थाको आर्थिक अवस्थाका बारेमा सबैभन्दा पहिले चार्टर्ड एकाउण्टेन्टलाई नै जानकारी हुने हुँदा उनीहरुले देश र जनताका लागि इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बीमा समितिका अध्यक्ष डा फत्तबहादुर केसी, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, कावा महालेखा नियन्त्रक सुकदेव खत्री लगायतले नेपालमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नका लागि एशोसिएशनले भूमिका खेल्नुपर्ने बताए । एशोसियशनले महेश खनालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्