Logo

टी-२० विश्वकप छनौटका लागि आजदेखि त्रिकोणात्मक सिरिज, नेपालको भिडन्त युएईसँग

टी-२० विश्वकप छनौटका लागि आजदेखि त्रिकोणात्मक सिरिज, नेपालको भिडन्त युएईसँग



काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा युएईको सामना गर्दै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा अपराहन्न १ बजेदेखि शुरु हुदैछ ।

टी-२० विश्वकप छनौट अघि हुन लागेको यस त्रिकोणात्मक सिरिजलाई सो को तयारी खेलको रुपमा पनि हेरिएको छ । यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा छ । त्रिकोणात्मक टी-२० सिरिजबाट सन्दीप लामिछानेले भने यसअघि नै नाम फिर्ता लिएकाले उनी भने यस सिरिजमा खेल्ने छैनन् ।

टिममा यसअघि एशियन गेम्स गुमाएका ललित राजबंशीले पुनरागमन गरेका छन् भने लोकेस बम, सुर्य तामाङले स्थान पाएका छन् ।

सिरिजको खेल तालिका

यो सिरिज कार्तिक १ गते अर्थात अक्टोबर १८ देखि शुरु हुने छ । कार्तिक १ गते नेपाल र युएईबीच खेल हुने छ भने कार्तिक २ गते नेपाल र हङकङबीच खेल हुने छ । त्यस्तै कार्तिक ४ गते नेपाल र हङकङबीच खेल हुने छ भने कार्तिक ५ गते युएई र हङकङबीच खेल हुने छ । त्यसैगरी कार्तिक ६ गते नेपाल र युएईबीच तथा कार्तिक ८ गते हङकङ र युएईबीच खेल हुने छ । अंक तालिकामा शिर्ष दुई स्थानमा रहने देशबीच कार्तिक १० गते फाइनल खेल हुने छ । यस सिरिजका फाइनल बाहेका सबै खेल मुलपानी क्रिकेट मैदानमा हुने छन् ।

नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिष जिसी, ललित राजबंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेस बम, सुर्य तामाङ र श्याम ढकाल ।

प्रतिक्रिया दिनुहोस्
MBL