Logo

लगानी बोर्ड सदस्यमा हरिभक्त शर्मा र बालकृष्ण शिवाकोटी, इआईए अब फाष्ट ट्रयाकमा

लगानी बोर्ड सदस्यमा हरिभक्त शर्मा र बालकृष्ण शिवाकोटी, इआईए अब फाष्ट ट्रयाकमा


बिजखबर संवाददाता
27
Shares

सरकारले लगानी बोर्ड नेपालको दुई रिक्त सदस्यमा नेपाल परिसंघका अध्यक्ष हरिभक्त शर्मा र पर्यटन व्यवसायी बालकृष्ण शिवाकाटेीलाई नियुक्त गरेको छ । लगानी बोर्डको २४ औं वैठकले शर्मा र शिवाकोटीलाई निजी क्षेत्रका तर्फबाट बोर्ड सदस्यमा नियुक्ती गरेको हो ।

haribhakta-sharma

balkrishna-sibakoti

बोर्डका चार सदस्य प्रधानमन्त्रीले नियुक्ती गर्ने प्राब्धान रहेको छ । प्रधानमन्त्री बोर्डका अध्यक्ष हुन् । यसअघि सरकारले नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई वोर्ड सदस्यमा नियुक्ती गरेको छ । बोर्डमा निजी क्षेत्रका तर्फबाट चार जना सदस्य पुगेका छन् ।
बोर्ड वैठकले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) फाष्ट ट्रयाकमा गर्न व्यवस्था गर्न सम्बन्धीत मन्त्रालयलाई आग्रह समेत गर्ने भएको छ । यलगानी बोर्डमार्फत कार्यन्वयनको चरणमा रहेका आयोजनाहरुलाई अघि बढाउन ईआईएका सयय–सीमा घटाउन सम्बन्धीत मन्त्रालयलाई आग्रह गर्ने बोर्डले निर्णय गरेको हो ।
बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतमा (सीईआ)मा माहाप्रसाद अधिकारी नियुक्ती भएपछि बसेको पहिलो वैठकले निवर्तमान सीईओ राधेश पन्तलाई धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्