Logo

रोकिएन मूल्यवृद्धि : दुई महिनामै मुद्रास्फिति ८.१९ प्रतिशत पुग्यो, उपभोक्ताको भान्सा ४६ प्रतिशतसम्म महंगियो

रोकिएन मूल्यवृद्धि : दुई महिनामै मुद्रास्फिति ८.१९ प्रतिशत पुग्यो, उपभोक्ताको भान्सा ४६ प्रतिशतसम्म महंगियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको देशको आर्थिक अवस्था अनुसार मूल्यवृद्धि अझ बढेको छ । गत असारसम्म ७.७४ प्रतिशत रहेको भदौमा आउँदा ८.६४ पुगेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL