Logo

नेपालका लागि रूवाण्डाको वाणिज्यदूतमा प्रज्वलजंग पाण्डे नियुक्त, द्विपक्षीय सहायतामा सहयोग

नेपालका लागि रूवाण्डाको वाणिज्यदूतमा प्रज्वलजंग पाण्डे नियुक्त, द्विपक्षीय सहायतामा सहयोग



काठमाडौं । रूवाण्डा सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ । नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष एवं सफल व्यवसायी पाण्डेलाई रूवाण्डा सरकारले आफ्नो वाणिज्य दूतमा नियुक्त गरेको हो ।

नवनियुक्त वाणिज्यदूत पाण्डेलाई परराष्ट्रमन्त्री एनपी साउँदले प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन । वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा नेपालले काम गर्ने भएको छ । जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाईने नवनियुक्त वाणिज्यदूत पाण्डेले जानकारी दिए ।

साथै आगामी दिनमा रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए । ‘रूवाण्डाले भर्खरै मात्र नेपालमा आफ्नो वाणिज्यदूत नियुक्त गरेको छ,’ नवनियुक्त वाणिज्यदूत पाण्डेले भने, ‘यसले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’

साथै कार्यक्रममा परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL