Logo

विश्व विकास र फेवा फाइनान्स मर्ज हुने

विश्व विकास र फेवा फाइनान्स मर्ज हुने


रामराजा श्रेष्ठ
0
Shares

बीजखबर संवाददाता
९ पुस, काठमाडौ । पोखरामा केन्द्रीय कार्यालय रहेका विश्व विकास बैङ्क र फेवा फाइनान्स एक आपसमा गाभिने भएका छन् । मङ्गलबार आयोजित एक कार्यक्रमका विश्व विकास बैङ्कका अध्यक्ष जगनबहादुर गुरुङ र फेवा फाइनान्सका अध्यक्ष दिलबहादुर गुरुङले मर्जरसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरपश्चात हुने सञ्चालक समितिको अध्यक्षमा विश्व विकास बैङकको अध्यक्ष जगनबहादुर गुरुङ तथा प्रमुख कार्यकारी अधिकृतमा फेवा फानान्सका हालका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा रहने सहमति भएको छ । २०७१ असोज मसान्तको वित्तीय विवरणलाई हेर्दा दुवै संस्थाको चुक्ता पूँजी ८१ करोड रुपैया, निक्षेप ८ अर्ब रुपैयाँ र कर्जा करीब ७ अर्ब रुपैया छ । त्यस्तै दुवै संस्थाको गरी ३० शाखा र १६ एटीएम रहेका छन् । दुवै संस्था वित्तीय हिसाबले सबल र सक्षम मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL