Logo

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङग्रा बेच्दै, कुन ठाउँबाट किन्न पाइन्छ ?

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङग्रा बेच्दै, कुन ठाउँबाट किन्न पाइन्छ ?



काठमाडौं । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङग्रा बिक्री प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले मिलेसम्म सोमबार बेलुका देखी नत्र मंगलबार बिहान देखी खसी बोका बिक्री गर्न लागेको हो ।

कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ बराबरको खसीबोका तथा च्याङग्रा ल्याउने उदेश्य राखेको छ । तर, बजारको माग घटबढ भएमा कम्पनीले त्यही अनुसारको खसीबोका तथा च्याङग्रा ल्याउने खाद्य, व्यवस्था तथा व्यापार कम्पनीकी सुचना अधिकारी सर्मिला न्यौपाने बताउछीन ।
कम्पनीले ३ सय वटा खसी थापाथलीस्थित ल्याइसकेको सुबेदी बताउँछिन । ‘कम्पनीले ल्याउने तयारी गरेको मध्ये ३ सय खसी थापाथलीमा आईसकेका छन् ।’ उनी भन्छिन, ‘अब ती खसीबोकाको स्वास्थ्य परिक्षण गरेर र मूल्य निर्धारण गरेर बिक्री गर्न थालिन्छ ।’

यसैगरी, कम्पनीले सोमबार बिहानसम्म ३ सय ७० वटा च्याङग्रा बिक्रीका लागि काठमाडौं भित्र्याईसकेको छ । च्याङग्राको पनि मूल्य निर्धारण र स्वास्थ्य परिक्षण पश्चात बजारमा बिक्रीको लागि ल्याइने सुबेदी बताउँछिन । कम्पनीले लागत मूल्यको आधारमा बिक्री मूल्य निर्धारण गर्ने खसीबोका तथा च्याङग्रा बिक्री वितरणमा ल्याइने तयारी गरेको उनी बताउँछीन ।

कम्पनीले चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानका बजारमा पशु चिकित्सकसहितको टोली पनि परिचालन गर्ने तयारी पुरा गरेको न्यौपाने बताउँछीन ।

खसीबोका र च्यांग्रा भित्र्याउँदा अस्वस्थ पनि हुने भएकाले पशु सेवा बिभागले हरेक वर्ष परिक्षण गर्ने गरेको छ । परिक्षण गरेर उक्त टोलीले स्वस्थ खसीको सिङमा हरियो र रोगीकोमा रातो रङ लगाउने गर्छ ।

उक्त बिभागले कलंकी खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा सो टोलीलाई परीक्षणका गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्