Logo

यसैवर्ष नेपालले १० वटा विमान किन्ने, पर्यटन मन्त्री किराँतीको यस्तो छ दाबी

यसैवर्ष नेपालले १० वटा विमान किन्ने, पर्यटन मन्त्री किराँतीको यस्तो छ दाबी



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यसवर्ष १० वटा विमान खरिद गर्ने बताएका छन् । आइतबार नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी दिएका हुन् ।

नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउन पनि विमान थप्नुपर्ने भएकाले खरिद गर्न लागेको उनको भनाइ छ । दशैँअघि नै विमान खरिद प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL