Logo

आन्तरिक राजस्वले उठायो २ खर्व राजस्व, १ खर्व १७ अर्व आयकर संकलन

आन्तरिक राजस्वले उठायो २ खर्व राजस्व, १ खर्व १७ अर्व आयकर संकलन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७२/०७३ मा लक्ष्य भन्दा बढी रु. २ खर्व ४ अर्व ४३ करोड ५३ लाख राजस्व असुली भएको छ । आन्तरिक राजस्व विभाग र त्यस अन्तर्गतका कार्यालयहरुको सो बराबरको राजस्व उठेको हो । सो अवधिमा रु. १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख बराबरको राजस्व संकलनको लक्ष्य राखिएको थियो ।

२०७३ साल असार महिनासम्मको प्रगति विवरण अनुसार आयकर तर्फ जम्मा रु. १ खर्व १७ अर्व १३ करोड ११ लाख , मू.अ.कर तर्फ रु.४९ अर्व ८२ करोड ३५ लाख , अन्तःशुल्क तर्फ रु. ३६ अर्व १९ करोड ३१ लाख र शिक्षा सेवा शुल्क तर्फ रु ७२ करोड ७ लाख असुली भएको छ । त्यस्तै र स्वास्थ्य सेवा शुल्क तर्फ रु. ५६ करोड ६८ लाख समेत जम्मा रु. २ खर्व ४ अर्व ४३ करोड ५३ लाख असुली भएको छ ।

गत आवमा यी सवै विधामा जम्मा रु.१ खर्व ९४ अर्व ६७ करोड ६२ लाख ९९ असुलीको लक्ष्य राखिएको थियो । २०७२ को बैशाखमा गएको भुकम्प तथा नाकाबन्दीले विकास निर्माणमा देखिएको सुस्तता, पू¤जीगत खर्चमा भएको कमीलगायतले २०७२ फागुन महिनासम्म रु. १० अर्व २२ करोड १० लाख राजस्व घटी असुली भएको अवस्था रहेको थियो । सो अवधिमा १ खर्व १७ अर्व आयकर संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्