Logo

विना निष्कर्ष टुंगियो तीन दलको बैठक, सवैले आ -आफ्नै अडान दोहोर्याए

विना निष्कर्ष टुंगियो तीन दलको बैठक, सवैले आ -आफ्नै अडान दोहोर्याए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।सभामुख ओनसरी घर्तीको पहलमा बैठक बसेको थियो ।

संसद बैठकको एजेण्डालाई लिएर प्रमुख दलहरु विभाजित भएपछि सभामुखले बिहीबार प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

सभामुखकै कार्यकक्षमा बसेको बैठकमा कांग्रेस(माओवादी र एमाले नेताहरुले आ-आफ्नै अडान दोर्होयाएका छन् ।

त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीले असार २९ र ३१ गते संसदको बैठकको कार्यसूचीमा रहेको बजेटसँग सम्वन्धित तीन विधेयक कसरी हट्यो भन्ने प्रश्न गरेका छन् । कार्यसूचीमा रहेको विषय हट्न कुनै आधार चाहिन्छ कि चाहिँदैन भन्दै उनले प्रश्न गरे ।

कांग्रेस र माओवादी नेताहरुले भने अविश्वासको प्रस्ताव दर्ता भइसकेको भन्दै यसलाई अघि बढाउन माग गरे

प्रतिक्रिया दिनुहोस्