Logo

निजी क्षेत्रसमक्ष प्रधानमन्त्रीले भने,-‘धेरै पहल गरियो तर समस्या समाधान भएन, अब बोल्ड डिसिजन लिन आवश्यक छ’

निजी क्षेत्रसमक्ष प्रधानमन्त्रीले भने,-‘धेरै पहल गरियो तर समस्या समाधान भएन, अब बोल्ड डिसिजन लिन आवश्यक छ’



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको लागि पहल धेरै भएता पनि सुधार गर्न नसकेको बताका छन ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य विषय कार्यक्रममा बोल्दै उनले सरकारले अर्थतन्त्र सुधारको लागि पटक–पटक प्रयास गरेता पनि अर्थतन्त्र सुधारको बाटोमा नरहेको जानकारी दिएका छन ।

अर्थतन्त्र सुधारको लागि अब बोल्ड निर्णयको आवश्यकता भएको उनले बताएका छन । उनले अर्थतन्त्र सुधारका लागि एउटा उच्चस्तरीय संयन्त्र नै आवश्यक भएको बताए । उनले बैंकको ब्याज घटाउन प्रयास गरेको बजेट र मौद्रिक नीतिबीचको तालमेल मिलाउन निकै लागि परेको र कित्ताकाट खुलाउने लगयात निर्णय गरेपनि अर्थतन्त्रमा सुधार हुन नसकेको उल्लेख गरे ।

उनले अहिले बैंकमा थुप्रेको पैसा बजारमा पठाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने धारणा पनि राखे । यसैगरी, प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिको लागि पनि बृहत सुधारको काम गर्ने बताए । उनले यस चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीति मार्फत सुधार गर्न नसकिएको आर्थिक समस्या आगामी आर्थिक वर्षको नीति तथा बजेटले सम्बोधन गर्ने गरी आफु लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL