Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १३ सय ५० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्