Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा भने गिरावट

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा भने गिरावट



काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमबार यसको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ थियो ।

तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँ बढेर १ लाख ८ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार यसको मूल्य तोलामा १ लाख ८ हजार १ सय रुपैयाँ थियो ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ४ रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार यसको मूल्य १ हजार ३ सय ४५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्