Logo

विदेशमा रहने ९७‍.६५ प्रतिशत नेपालीले बैंकिङ च्यानल मार्फत पठाउँछन रेमिट्यान्स, २.३५ प्रतिशत गैर बैंकिङ मार्फत भित्रिन्छ

विदेशमा रहने ९७‍.६५ प्रतिशत नेपालीले बैंकिङ च्यानल मार्फत पठाउँछन रेमिट्यान्स, २.३५ प्रतिशत गैर बैंकिङ मार्फत भित्रिन्छ



काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ९७.६५ प्रतिशत रेमिट्यान्स बैकिंङ च्यानल मार्फन पठाउने गरेका छन । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुमध्ये ९७.६५ प्रतिशतले बैंकिङ माध्यमको प्रयोग गरी विपे्रषण रकम नेपालमा पठाउने गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले जनाएको छ । यसैगरी, २.३५ प्रतिशत रेमिट्यान्स गैर बैंकिङ माध्यमबाट नेपाल भित्रिने गरेको उक्त प्रतिशत वेदनले जानकारी दिएको छ ।

यसैगरी, अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्न परिवारमध्ये ८८.२५ प्रतिशत परिवारले बचत रकम बढेको बताएका छन् । उक्त परिवारमध्ये १३.०५ प्रतिशतले खेतीयोग्य जमिन बढेको, ५१.४४ प्रतिशतले खेतीयोग्य जमिन यथावत्रहेको तथा ३५.५१ प्रतिशतले खेतीयोग्य जमिन घटेको बताएका जानकारी दिएका छन । वैदेशिक रोजगारीमा संलग्न परिवारका सदस्यहरुमध्ये ८६ प्रतिशतले आर्थिक कारोवार गर्न विद्युतीय माध्यम तथा चेकको प्रयोग गर्ने गरेको पाइएको छ । यसैरगी, १४ प्रतिशत परिवारले आजको अवस्थासम्म पनि नगद मात्र प्रयोग गरेको पाएको छ ।

वैदेशिक रोजगारीमा गए पश्चात् संलग्न परिवारका सदस्यहरुको बचत खाता तथा कर्जा खाता सङ्ख्यामा क्रमशः ३९.५८ प्रतिशत तथा १३०.६५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, वैदेशिक रोजगारी जानुपूर्व बैंकमा कुनै पनि खाता नरहेको परिवार सङ्ख्या ३७.०८ प्रतिशत रहेकोमा सो सङ्ख्यामा उल्लेख्य सुधार आई रोजगारीमा गए पश्चात् बैंक तथा वित्तीय संस्थामा कुनैपनि खाता नरहेको परिवारको सङ्ख्या घटेर ०.५२ प्रतिशतमा खुम्चिएको अध्ययनले देखाएकोछ ।

प्रतिक्रिया दिनुहोस्
MBL