Logo

नेपाली र चिनीयाँ व्यवसायीवीच सम्झौता, निर्माण समाग्री,पर्यटन लगायतमा सहकार्य गर्ने

नेपाली र चिनीयाँ व्यवसायीवीच सम्झौता, निर्माण समाग्री,पर्यटन लगायतमा सहकार्य गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली र चिनियाँ व्यवसायीहरुले पर्यटन विकासमा रणनीतिक साझेदारी, सांस्कृतिक आदान प्रदान र निर्माण समाग्रीको क्षेत्रमा सहकार्य गर्ने सम्झौता गरेका छन् ।
चीनको यु चोङमा भएको नेपाल–चीन गैह्र सरकारी सहयोग मञ्चको तेह्रौं बैठकको अवसरमा यस्तो सम्झौता भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा व्यवसायिक प्रतिनिधिमण्डल चीनमा आयोजित बैठकमा सहभागी हनु गएका छन् । अखिल चीन उद्योग वाणिज्य महासंघले आयोजना गरेको बैठकमा यस्तो सम्झौता भएको हो ।

रणनीतिक साझेदारी सम्बन्धमा भएको सम्झौतापत्रमा महासंघका अध्यक्ष मुरारका, चाइना चेम्वर अफ टुरिजमका वाङ पिङर र ग्लोवल टुरिजम इकोनोमी रिसर्च सेन्टरका कार्यकारि निर्देशक जाओसन वाङले हस्ताक्षर गरे ।

त्यस्तै नेपाल–चीन सांस्कृतिक आदान प्रदान सम्बन्धी सम्झौतापत्रमा नेपाल साइक्लिङ एशोसिएसनका तर्फबाट प्रथम उपाध्यक्ष गोपाल सुन्दरलाल कक्षपति र चाइना चेम्वर अफ टुरिजमका उपाध्यक्ष नीमा झाचीले हस्ताक्षर गरको बताइएको छ ।

त्यस्तै निर्माण सम्बन्धी सामग्रीहरुका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दजु लोजिष्टिक्स चेम्वर र महासंघबीच रणनीतिक साझेदारी सम्बन्धीसम्झौैतापत्रमा महासंघका उपाध्यक्ष शेखर गोल्छा र दजु लोजिष्टिक्स चेम्वरका उपाध्यक्ष ली. चीङले हस्ताक्षर गरे ।
प्रत्येक दुई वर्षमा आयोजना हुने मंचको बैठक नेपाल तथा चीनमा पालैपालो आयोजना हुँदै आएको छ । बैठकमा नेपाल चीनबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका माध्यमबाट आपसी लाभका क्षेत्रमा अझ बढी सहकार्यको आवश्यकतामा जोड दिइएको छ । प्रतिनिधिमण्डलमा उपाध्यक्ष शेखर गोल्छा, ज्ञानेन्द्रलाल प्रधान, चन्द्रप्रसाद ढकाल, रामबहादुर श्रेष्ठ, महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्