Logo

हरेक बर्ष ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा

हरेक बर्ष ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाक नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी दिने घोषणा गरेकाछन् । आइतबार महानगरका मेयर बालेनले तीन बर्षभित्र कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् ।

ad
बालेनले श्रम बैंक मार्फत रोजगार दिने योजना सार्बजनिक गर्दै महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंकको स्थापना गर्दै रोजगारीको अवसर सिर्जना गर्ने योजना ल्याएका हुन् ।

महानगरका स्थायी बासिन्दा, महानगर का करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु महानगरको यस श्रम बैंकमा आबद्ध हुन सक्ने बताइएको छ ।

मेयर बालेनले आइतबार भिडियो सन्देश जारी गर्दै श्रम बैंकमा आवद्ध भएका जनशक्तिलाई ३ क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने उल्लेख अग्रेका छन् । महानगरको ‘जब पोर्टल’ मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु परिचालन गर्ने उनले बताएका छन् ।

श्रम बैंकमा सूचीकृत भएका सबै किसिमका कामदारहरुलाई काम गर्दाका महानगरले अनिवार्य बीमा गरिदिने र महानगरको गौरवको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिङ सेन्टर स्थापना गर्ने योजना समेत बालेनले सार्बजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL