Logo

भुकम्प अतिप्रभावित जिल्लाका साढे २ लाख घरधुरीसँग अनुदान सम्झौता, १ लाख गुनासो प्राप्त

भुकम्प अतिप्रभावित जिल्लाका साढे २ लाख घरधुरीसँग अनुदान सम्झौता, १ लाख गुनासो प्राप्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्प अति प्रभावित १२ जिल्लाका २ लाख ५५ हजार घरधुरीसँग अनुदान सम्झौता भएको छ । साउन ५ गतेसम्म सो बराबरको घरधुरीसँग सम्झौता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै सो अवधिमा १ लाख ८ सय ७६ वटा गुनासो दर्ता भएका छन् । लाभग्राहीहरुलाई बैंक मार्फत अनुदान हस्तान्तरण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले क, ख र ग बर्गका बैंक तथा वित्तयसंस्थासँग जेठ १७ गते सम्झौता गरेको थियो ।

सो अनुसार स्थानिय निकाय र बैंक तथा वित्तीय संस्थाहरुवीच छलफल भई स्थानिय स्तरमा बैंक तथा वित्तीय संस्थाहरुको क्लस्टरिंग गरि तिनीहरुमार्फत आ आफ्नो क्लस्टरमा परेका लाभग्राहीलाई अनुदान वितरण गर्नेगरी प्रवन्ध मिलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्