Logo

सर्प पाल्ने कम्पनीमा पनि भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्धा विशेष अदालतमा मुद्दा दायर

सर्प पाल्ने कम्पनीमा पनि भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्धा विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

आयोगले लगायको आरोपमा मधेस प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री विजय कुमारसहित ७ जनामुछिएका छन् । उनिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सर्लाहीको लालबन्दीमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेट वक्तव्यमार्फत संघीय सरकारबाट समपुरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरेको थियो ।

तर, आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

अभियोग पत्रमा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुल उपर गर्न तथा भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL