Logo

इजरायलमा फसेका नेपालीको उद्धार गर्न सरकारले बनायो र्‍यापिड एक्सन टिम

इजरायलमा फसेका नेपालीको उद्धार गर्न सरकारले बनायो र्‍यापिड एक्सन टिम



काठमाडौँ । सरकारले इजरायलमा फसेका नेपालीहरुको अवस्था यकिन गर्न र उद्धार गर्न र्यापिड एक्सन टिम गठन गरेको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएर इजरायलमा फसेका नेपालीहरुको उद्धार गर्न र्यापिड एक्सन टिम गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री एनपि साउदको संयोजनमा गठन गरिएको र्यापिड एक्शन टिममा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावासरनियोगका प्रतिनिधि रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा उपप्रधानमन्त्री तथा रक्षा पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, शिक्षामन्त्री अशोक राई, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरु सहभागि थिए ।

हमासले इजरायलमाथि आक्रमण गरिरहदा अहिलेसम्म सरकारले औपचारिक रुपमा ९ जना घाइते भएको र २ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ । तर अन्तर्राष्ट्रिय मिडियाहरुले भने १७ नेपालीहरुलाई हमासले बन्दि बनाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL