Logo

बझाङ भूकम्प : पीडितलाई तत्काल १५ देखि ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

बझाङ भूकम्प : पीडितलाई तत्काल १५ देखि ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । सरकारले हालै आएको भूकम्पमा परी मृत्यु भएका बझाङका नागरिकलाई तत्काल २ लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको छ । भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त कुरा बताएका हुन् ।

यस्तै उनले भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर तथा भूकम्प पीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ दिनेसमेत बताएका छन् ।

उनले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च दिने घोषणासमेत गरेका छन् । भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध पनि मिलाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL