Logo

अब विदेशबाट आउनेले आइरनदेखि मिक्सचरसम्म ल्याउन नपाईने, भन्सार कार्यालयले गर्याे कडाई

अब विदेशबाट आउनेले आइरनदेखि मिक्सचरसम्म ल्याउन नपाईने, भन्सार कार्यालयले गर्याे कडाई



काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने नागरिकले ल्याउने केहि वस्तुमा कडाई गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्स्चर, ग्रिन्डर र पानी तान्ने मेशिन नल्याउन भनेको हो ।

कार्यालयले उक्त प्रकारका सामानहरु एक्स–रे मेसिनमा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर , फुट्याएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना हुनेगरेको बताएको छ ।

जाँचपास गर्दा सेवाग्राहीलाई क्षति पुगको भन्दै यस्ता सामग्री ल्याउन नै प्रतिवन्ध लगाएको हो । कार्यालयको ध्यानाकर्षण भएकाले विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेको परिवारलाई सामान पठाउँदा उल्लेखित सामानहरु नपठाउनुहुन र नल्याउनुहुन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्